केशब घिमिरे
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फर्जेयाङ्गदेखि लामडाँडा अबरुद्ध सडक संचालनमा आएको छ ।
खाँचीकोट लामडाँडा का युवाले गाँउमा एम्बुलेन्ससम्म नजाने भएपछि बाटो सन्चालनमा ल्याएका हुन्।
फुदवाङ्ग – खाँचीकोट लामडाँडा सडक ठाउँ ठाउँमा पहिरो गएको थियो । यस्तै खाँचीकोटका सम्पूर्ण सडक वर्षाका कारण हिडडुल गर्न समेत नहुने गरी अस्तव्यस्त भएका छन् ।
यहाँ अहिले एम्बुलेन्स तथा साना-ठुला गाडीहरु आवत जावत हुन सकेका छैनन् । साथै यहाँ कयौ ठाउँमा खाेल्साबाट आएकाे भलका कारण बाटाे बिग्रिएकाे देखिन्छ ।
खाँचीकोटका सडक वर्षा याममा हिलो हिउदमा धुलोले अस्तव्यस्त देखिन्छ । तर पनि स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायको अहिलेसम्म ध्यान पुग्न सकेको छैन।