अर्घाखाँची अस्पतालले पहिलो पटक विशेषज्ञ चिकित्सक पायो, एमडिजीपी सहित २ जना चिकित्सक थपिए


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा वर्षौपछि विशेषज्ञ चिकित्सक आएका छन् । 
अर्घाखाँची जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक (एमडिजीपी) डा. दिपेश कुँवर आएका हुन् ।  यस्तै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकका रुपमा पहिलो पटक डाक्टर कुँवर आएका छन् । साथै डाक्टर कुँवर सहित डाक्टर आयुस न्यौपाने (एमबीबीएस) पनि थपिएका छन् ।    
विशेषज्ञ चिकित्सक आएपछि अस्पतालको सेवामा धेरै परिवर्तन हुने विश्वास त्यहाँका स्थानीयले लिएका छन्। वर्षौपछि अस्पतालमा मेडिकल अधिकृतका रुपमा डाक्टर अस्पतालमा आएपनि अधिकृत भन्दा माथिल्लो स्तरको डाक्टर अस्पतालले पाउन सकेको थिएन। 
 उता गत श्रावण २९ गते शुक्रवार जिल्ला अस्पतालको नयाँ प्रमुखमा डा. राजेन्द्र जि. सी. आएका थिए ।
जिल्ला अस्पताल अर्घाखाँचीको नयाँ मेडिकल सुपरिटेन्डेन्टमा आएका विशेषज्ञ चिकित्सक डा. राजेन्द्र जि. सी. लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट आएका हुन् ।  जि. सी.ले अस्पताल प्रमुखको कार्यभार समाली सकेका छन्।
उता पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का उज्वलबाट दुर्व्यवहारमा परेका अस्पताल प्रमुख डा. कपिल गौतमले गत श्रावण २९ गते शुक्रवार अर्घाखाँची जिल्ला छोडेका थिए ।
साउन १३ गते बुधवार खड्काबाट एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहारमा परेका अर्घाखाँची अस्पतालका प्रमुख  डा. गौतमले जिल्ला छोडेर पाल्पा जिल्लाको रामपुर अस्पतालमा सरुवा भएका थिए ।