प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन्।
प्रधानमन्त्री र डा. गाेविन्द केसीबीच भएकाे वार्तामा सहमति भएपछि डा. केसीले अनसन स्थगन गर्ने भएका छन्।
डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए। मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले छलफल गर्न केसीलाई बालुवाटार बोलाएका थिए। सेतोपाटीमा समाचार छ ।