लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा गुल्मीका तिन जना बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।
गएराती प्रहरीचौकी अर्घाको टोलीले गुल्मीको मदाने गाउँपालीका वडा नम्बर-२ बस्ने अन्दाजी १३ वर्षका ३ जना नाबालकलाई अलपत्र फेला पारेको थियो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर-१०, बिहारमा अलपत्र भेटिएका नाबालकको पहिचान गरी अभिभावकको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । रातीमा अलपत्र फेला पारेपछी उनीहरुलाई अर्घाको प्रहरीचौकीमा राखिएको थियो । उनीहरुलाई आज परिवारको जिम्मा लगाईएको हो ।