अर्घाखाँचीमा अध्यादेशको विरोधमा एमाले निकट अनेरास्ववियूद्धारा प्रदर्शन (भिडियो, फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ ।
सन्धिखर्कमा बिहीवार राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको हो ।
विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन, परमादेशको कम्फर्टेबल सरकार मुर्दाबाद, दल विभाजन अध्यादेश फिर्ता गर, लोकतन्त्र विरोधी अध्यादेस फिर्ता गर लगायतका नारा लगाए थिए ।
कोण सभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिबालय सदस्य प्रदिप नेपालीले पमादेशको सरकारले देशमा अस्थीरता ल्याउन दल बिभाजन गरि टुट फुट ल्याउन खोजेको बताए ।  ‘ दलहरु  फुटाएर आफनो सत्ता टिकाउने उद्धेश्यले जारी गरिएको  अध्यादेश तत्काल फिर्ता लिनको लागी माग गर्दछौ । खुशी नेपाली सुखी नेपाली बनाउने अभियानमा लागेको समयमा देशमा अस्थीरता ल्याउने कार्य बर्तमान सरकारले  गरिरहेको छ । यसको डटेर बिरोधमा उत्रनेछौ । ’
यसै गरि लुम्बनी प्रदेश र प्रतिनिधी सभाका सभाका सभामुखले संबिधानले दिएको अधिकार भन्दा माथि रहेर राजनैतिक दलले कारबाही गरेका सासंदहरु समयमै संसद पदबाट हटाईएको सूचना जारी गर्न आनकानी गरेको नेपालीले बताए ।
अनेरास्ववियूले दल विभाजनसम्बन्धी सरकारको यो कदमले ७० वर्षदेखिको संघर्षबाट निर्मित संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द्व, अराजकता र अस्थितरतामा धकेल्ने मनशाय राखेको टिप्पणी गरेको छ।