अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको कोप्चेवास, सन्धिखर्क नगरपालिका वार्ड नं ७ खाँचीकोटको फुदवाङ, सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीको रातामाटा र जगतामा प्रहरीले ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड राखेको छ ।
ठाडाको कोप्चेवास, खाँचीकोटको फुदवाङ, नरपानीको रातामाटा र जगतामा प्रहरीले ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड राखेको हो ।
ट्राफिक सचेतना मुलक विभिन्न नारा सहित गोरुसिंगे – सन्धिखर्क सडक खण्ड अन्तर्गत दुर्घटनाको जोखिम रहेका मुख्य मुख्य ठाउँमा ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरणका लागी लेन अनुशासन पालना गरौ, सुरक्षित सडकको प्रयोग गरौ, ट्राफिक संकेतको पालना गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔ, तिब्र गतिमा सवारी नचलाऔ, ट्राफिक नियमको पालना गरौ लगायतका नाराहरू समाबेश गरि होडिङ बोर्ड राखिएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई जानकारी गरायो ।
सवारी चालक, परिचालक र सर्बसाधारणहरुमा ट्राफिक सचेतना अभिबृद्धी गर्ने उदेश्य सहित ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।