अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को पटुवाथुममा खुल्ला आकास रात कटाउदै आएका प्रेमा श्रेष्ठको परिवारले जस्ता पाता (टिन) पाएको छ ।
पटुवाथुममा खुल्ला आकास रात कटाउदै आएका सेते कुमाल मध्ये प्रेमा श्रेष्ठको परिवारलाई सामाजिक अभियान्ताहरुले आर्थिक सहयोग अभियान चलाएर जस्ता पाता (टिन) उपलब्ध गराएका हुन् ।
प्रेमा श्रेष्ठको परिवारलाई एक कार्यक्रमका बीच सामाजिक अभियान्ता गोमा सापकोटा रेग्मीले सहयोग जस्ता पाता हस्तान्तरण गरेकी थिईन् ।
सामाजिक अभियान्ता गोमाले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार प्रेमा श्रेष्ठको परिवारलाई देश विदेशबाट उठेको मथ्येको रकमबाट १२ फुट २७ थान जस्ता पाता टिन उपलब्ध गराईएको छ ।
योसँगै प्रेमा श्रेष्ठको परिवारलाई पलास्टिक छानो मुनी बस्न नपर्ने भएको छ । साथै श्रेष्ठले आफ्नो परिवारलाई जस्ता पाता सहयोग गरेर शुरक्षित महसुस भएको भन्दै सामाजिक अभियान्ता, सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
उता पटुवाथुममा खुल्ला आकास रात कटाउदै आएका सेते कुमाल भने अहिलेसम्म अवस्थ्या उस्तै छ । वार्ड, सन्धिखर्क नगरपालिकाले अहिलेसम्म वेवास्ता गरेको छ ।
सामाजिक अभियान्ताहरुले सहयोग अभियान चलाएपछि सन्धिखर्क नगरपालिकाले पीडित परिवारको घरमा टिन लगाउनको लागि प्रकृया अगाडि बढेको बताएको पनि आफुलाई कुनै थाहा नभएको सेते कुमालले बताएका छन् । उनले नगरपालिकाको बाटो कुरेर बसेको बताए । नगरले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी मुजुल्का समेत तयार गरि तत्कालै सन्धिखर्क नगरपालिकाको कार्यालयबाट जस्तापाता टिन उपलब्ध गराउने तयारी गरेको बताएको थियो ।
सेते कुमाल र प्रेमा श्रेष्ठको परिवार सन्धिखर्क नगरपालिकामा लामो समयदेखि टिनका लागि निवेदन दिएका थिए । उनिहरु पटक-पटक सन्धिखर्क नगरपालिका धाउदा पनि कसैले उनिहरुको पिडा सुनेका थिएनन् ।
नगरले समयमा टिन उपलब्ध नगराउदा सेते कुमालको घर भत्किएको थियो । यस्तै छानोमा पलास्टिक लगाएपनि प्रेमा श्रेष्ठको घर भत्किन आटेको छ । तसर्थ सामाजिक अभियान्ताहरुले उनिहरुको घर बनाईदिने गरी आर्थिक सहयोग अभियान संचालन गरेका थिए । उनिहरु नगरले टिन दिनेमा आशावादी छन् । तर नदिए टिन पनि लगाइदिने बताएका छन् ।
गरिब, दलित, अपाङ्ग, पिछडिएका परिवारलाई खरको छाना मुक्त बनाउने अभियान जारी गरेको सन्धिखर्क नगरपालिकाले अहिलेसम्म पहुच हुनेलाई मात्र जस्ता पाता (टिन) बाढेको आरोप लाग्दै आएको छ ।
जिल्लाका सामाजिक अभियान्ताहरु गोमा सापकोटा रेग्मी, सचिन पाण्डे, बिष्णु सुबेदी, सुभाष ज्ञवाली लगायतले जिल्लामा गरिब, दलित, अपाङ्ग, पिछडिएका परिवारको स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् । यस्तै जिल्ला अस्पताल, स्वास्थ्य चौकीमा पनि सवस्थ्य सामाग्री जुटाएर सहयोग गरेका देखिन्छन् ।