अर्घाका सडक स्तरोन्नती र यातायात सञ्चालन गर्न बाटो निर्माण समन्वय समिती गठन


सन्धिपोष्ट
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका ९ अर्घामा रहेको रुब्दी, पोखेडाँडा,रहिस्चौर,भण्डार मोटर बाटो अन्तर्गत पर्ने पोखेडाडा,धाराखोला,थेर्बाङ,चप्रुङ मोटरबाटो व्यवस्थित तरिकाले स्तरोन्नती गरी नियमित रुपमा यातायात सञ्चालन गर्ने प्रयोजनको लागि स्थानियहरुको भेलाले प्रेम बहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय मोटर बाटो निर्माण समन्वय समिती गठन गरिएको छ ।
जसको सदस्यमा वसन्त थापा,योगेन्द्र रायमाझी,सरोज थापामगर र कल्पना थापा मगर रहेका छ्न । गठित समितिले दुईदिन भित्रमा उक्त बाटो नियमित रुपमा सञ्चालन गर्ने प्रयोजनको लागि स्थानीय निकाय देखि नगर,प्रदेश र संघ सम्बद्ध निकायहरुसंग सहयोगको लागी अपिल गर्ने निर्णय समेत गरेको छ ।
अर्घाको सबै भन्दा पुरानो,बलीयो र भपर्दो बाटो भएपनि बिगत ५÷६ बर्ष देखि उक्त बाटो सञ्चालनमा समस्या पैदा भएको स्थानीयहरुको भनाई रहेको छ । समिती निर्माण प्रक्रियामा स्थानीय तुल्सीराम रायमाझी,बल बहादुर रायमाझी लगायत अन्य स्थानियहरुको उपस्थिती रहेको शिक्षक बलबहादुर रायमाझीले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु