अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट रोजगारीको शिलशिलामा अफगानिस्तान पुगेका जिल्लाबासीहरुको विवरण खोजी शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले रोजगारीको शिलशिलामा अफगानिस्तान पुगेका जिल्लाबासीहरुको विवरण खोजी कार्य शुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जिल्ला ६ नगरपालिकामा पत्रचार गरी कोही कतै अफगानिस्तानमा रहेको भएमा उसको नाम, नागरिता नम्बर, ठेगाना, कम्पनीको विवरण, संपर्क लगायतका विवरण पठाई दिन अनुरोध गरेको छ ।
उता स्रोतका अनुसार अर्घाखाँची जिल्लाबाट अफगानिस्तान पुगेको व्यक्ति अहिलेसम फेला नपरेको बताइएको छ ।