अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरको वामरुककी बेपत्ता एक विबाहित युवतीको भारतको राजधानी दिल्लीबाट उद्धार गरिएको छ ।
हंसपुरको वामरुकका गणेश खत्रीकी श्रीमति ममता भन्ने सम्झना खत्रीलाई दिल्लीको सरोजनीनगरबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । ममता भाद्र १ गतेदेखि बेपत्ता भएकी थिईन् ।
खत्री अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार आचार्य टुर एन्ड ट्राभल्स दिल्ली कार्यालयमा नेपालबाट आफ्नो डेढ सालको छोरा छोडेर एक्लै दिल्ली आएर गुल्मी जिल्लाको मदाने गाउँपालिका वार्ड ७ भनभनेका टिका गिरीसँग भारतको हिमालचल जान भनी आएकी र गिरीलाई हिमालचलबाट दिल्ली बोलाएर दिल्लीबाट हिमालचल जाने क्रममा आचार्य टुर एन्ड ट्राभल कम्पनीको कर्मचारीले माईती नेपाललाई बुझाएका थिए ।
श्रीमान गणेश खत्रीले अहिले दुबै जनालाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा निवेदन दिएका छन् ।
उनी भाद्र १ गते मंगलवार बिहान ४ बजे घरबाट हराइएकी परिवारको संपर्कमा आएकी थिईनन् । साथै उनको डेढ बर्षको छोरा रहेको छ । भने श्रीमान गणेश खत्री गुरूग्राममा थिए । उन अहिले दुबै जनालाई नेपाल लिएर आएका छन् ।
परिवारले ममता हराएको भन्दै खोजिदिन हंसपुर प्रहरी चौकीमा उजुरी दिएका थिए ।