डिभर्नाका एक युवा वहुविवाह कसुरमा ८ वर्षपछि प्रकाउ, जिल्ला कारागार अर्घाखाँचीमा चलान


अर्घाखाँचीडट्कम संवाददाता
 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । वहुविवाह कसुरमा ८ वर्ष देखि फरार रहेका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ११ डिभर्नाका एक युवा प्रकाउ परेका छन् । 
वहुविवाह कसुरमा ८ वर्ष देखि फरार रहेका डिभर्नाका तेज बहादुर कुवँरलाई प्रहरीले आफ्नै घरमा आई लुकिछिपी रहेको अवस्थामा फेला पारी आज सोमवार प्रकाउ गरेको हो ।
कुवँरलाई जिल्ला अदालत अर्घाखाँचीबाट २०७० साल बैशाख १६ गते वहुविवाह कसुरमा ११ महिना १७ दिन कैद सजाय भएको थियो । हालसम्म फरार उनलाई प्रकाउ गरी कैद भुक्तानको  लागि जिल्ला कारागार अर्घाखाँची पठाएको प्रहरीले बताएको छ ।