रामप्रसाद बन्जाडे
गोखुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ९ गोखुङ्गाको काफलनेटीले पछिल्लो समय मुहार फेर्दैछ ।
यातायात, विजुलीदेखि सम्पुर्ण कुराको दुर्गम रहेको गोखुङ्गाको काफलनेटीमा अहिले सबै सुविधा पुगेको हो ।
दहका चौर भुमेदह क्रिकेट क्लब काफलनेटीमा अहिलेसम्म तीन पटक क्रिकेट आयोजना भएका छन् । यहाँ हुने खेल हेर्न छिमेकी जिल्ला गुल्मी प्युठान लगायत सम्पुर्ण ठाउँबाट मानिस आउने गर्दछन् ।
सदरमुकाम सन्धिखर्कबाट कुनै समय निकटिने ठाउँ अहिले १-२ घन्टामा पुगिन्छ । मालारानीका युबाहरु भन्छन्; “आफ्नो गाउँलाई चिनाई गाउँदेखि सम्पुर्ण जिल्लामा जन्मिएका भबिस्यका कणदारहरु पनि खेलमा रमाउनु पर्छ । हामीले केही बाजेका पालाको पिडा सहेपनि अब देशको कुनै पनि ठाउँमा त्यो हाम्रो बाजेका पालाको जस्तो समय नहोस सम्पुर्ण युबाहरु मिलि अफ्नो गाउँ आफै बनाउन पर्छ” ।
यहाँ घरेलु तथा प्रर्यटक प्रवेशको लागि राम्रो रहेको युवा कृष्ण पन्थीले बताए । त्यस्तै खेल मैदानलाई व्यवस्थित गर्ने र सडक कालो पत्रे हुनेमा खेल मैदानका अध्यक्ष बासुदेब पन्थी आशावादी छन् ।