डिआरजी सुमन
सन्धिखर्क, अर्घाखाँची सोमवार ७ भदौ २०७८ (अर्घाखाँचीडट्कम) । स्वतन्त्र पत्रकार संघ नेपालको अर्घाखाँची जिल्ला शाखाले अध्यक्ष पदमा हरिप्रसाद भुषाललाई चयन गरेको छ ।
संघको जिल्ला अधिवेशनले भुषाललाई अध्यक्षमा भदौ ५ गते चयन गरेको हो । उहाँ उक्त शाखाको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
कोरोना भाइसर(कोभिड– १९)को प्रकोप साम्य नभएका कारण निषेधाज्ञा जारी रहेको बेलामा भर्चुअल विधिबाट सम्पन्न गरिएको शाखा अधिवेशनले भुषाललाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सुदिप केसी, सचिवमा शिव बेल्वासे, सह सचिव गुरुदेव खनाल, कोषाध्यक्षमा पार्वता अर्याल चयन हुनुभएको छ भने सदस्यमा चोलनाथ पौडेल र युवराज थापा चयन हुनुभएको छ ।
स्वतन्त्र पत्रकार संघको राष्ट्रिय पार्षदमा अर्घाखाँची मिडिया हाउस व्युरो प्रमुख डिल्लीराज घिमिरे र नयाँ मिडिया प्रा.ली का प्राविधिक प्रमुख विशाल पाण्डे निर्वाचित हुनु भएको छ । प्रदेश पार्षदमा लुम्बिनी प्रदेश सहसचिव रहनु भएका प्रदिप सूर्यवंशी पुनः प्रदेशपार्षदमै निर्वाचित हुनु भएको छ भने जिल्ला कोषाध्यक्ष अम्बिका भुषाल यस पटक प्रदेश पार्षदमा चयन हुनुभएको उक्त शाखाकानवनिर्वाचित सचिव शिव वेल्वासेले बताउनु भएको छ ।
“पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु” भन्ने मुल नारा, नीति तथा अभियानका साथ क्रियाशील रहेको स्वतन्त्रपत्रकार संघ नेपालको चौथो राष्ट्रिय अधिवेशन यही भदौको १९ र २० गतेका दिन नवलपुरको गैंडाकोट स्थित मौलाकालिका मन्दिरपरिसरमा हुने भएको छ । अधिवशेनका लागि आवश्यक तयारी युद्धस्तरमा चलिरहेको जानकारीमा आएको छ ।
अधिवेशनका लागि भदौ ५ गतेभित्र जिल्ला शाखाको अधिवेशन सम्पन्न हुनुपर्ने निर्णयका साथ संघको राष्ट्रिय समितिले जिल्लाशाखालाई यसअघि नै निर्देशन गरिसकेको छ । सोही निर्देशनको पालना गर्दै जिल्ला शाखाको अधिवेशन भर्चुअल विधिबाट गर्नु परेकोनवनिर्वाचित अध्यक्ष भुषालले बताउनु भयो ।
स्वतन्त्र पत्रकार संघको राष्ट्रिय अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथिको रुपमाआमन्त्रित गरिएको संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले बताउनु भएको छ । मुलुकका २५ जिल्लामा विस्तार भएकोसंघको अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन गर्ने समेत तयारी छ । आगामी राष्ट्रीय अधिवेशनवाट पुर्व महासचिव नवराज पहाड़ी राष्ट्रीय अध्यक्षमा पुग्ने संभावना वढी रहेको प्रक्षेपण गरिएको छ ।