अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा शितगंगा सेवा समाजको दोश्रो बैठक सम्पन्न भएको छ ।
ठाडामा शितगंगा सेवा समाजको दोश्रो बैठक अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षता र महासचिव सुन्दर आचार्यको संचालनमा सम्पुर्ण सदस्यको उपस्थितिमा सम्पन्न भएको हो ।
बैठकले निम्न प्रकारका निर्णयहरु गरेको छ जसमा: प्रस्ताव नम्बर १ – कार्यसमिति लाइ पुर्णता यस संस्थाको केन्द्रिय कार्यसमिति लाइ पूर्णता दिनको लागि यस संस्थाका सस्थापक सदस्य तथा भुतपुर्व मध्यपूर्व संयोजक शालिक पौडेललाइ सह-कोषाध्यक्ष मनोनित गरिएको छ र शितगंगा नगरपालिकाका प्रतेक वडा बाट (८ र १४ बाहेक) तपसिल बमोजिमका २१ जना व्यक्तित्वहरु संग समन्वय गरि यस संस्थाको नियम , नियमावली , बिधान र कार्यसमितिमा सक्रिय रहने प्रतिबद्धता सहित देहाय बमोजिम सदस्यहरुमा मनोनित गरिएको छ ।
मनोनित सदस्यहरुमा क्रमश १ .नविन घिमिरे (वडा नम्बर ०१) २ मान बहादुर सिन्जापति वडा नम्बर ०१ ३. गोविन्द खनाल वडा नम्बर ०२ ४. केशव बिश्वकर्मा वडा नम्बर ०२ ५ . रमेश भुसाल वडा नम्बर ०३ ६. नारायण अधिकारी वडा नम्बर ०३ ७. हुम बहादुर बिश्वकर्मा वडा नम्बर ०४ ८. सरोज परियार वडा नम्बर ०४ ९. कृष्ण बहादुर डेवालि नम्बर ०५ १०. बिष्णु न्यौपाने वडा नम्बर ०६ १०. महेश आचार्य वडा नम्बर ०६ ११. गिरिजा प्रसाद बेलबासे वडा नम्बर ०७ १२. अशोक बहादुर आले वडा नम्बर ०७ १३. सुन्दर फेवाली मगर वडा नम्बर ०९ १४. घनु गाहा मगर वडा नम्बर ०९ १५. गणेश आचार्य वडा नम्बर १० १६. पर्वत थामी मगर वडा नम्बर १० १७. मेघराज पुन मगर वडा नम्बर ११ १८ किरण आले मगरवडा नम्बर ११ १९. माधव मिश्र वडा नम्बर १२ २०. ऋषिराम विश्वकर्मा वडा नम्बर १३ २१. घनश्याम रेष्मी वडा नम्बर १३ रहेका छन् ।
यस्तै बैठकका अन्य निर्णयहरु प्रस्ताव नम्बर २ – कोष, लेबी ,सहयोग संकलन बिषय माथि छलफल गर्दा सस्थामा आबद्ध सबै सदस्यको लेबी / उम्मेद्वारी शुल्क बापतको रकम/ अन्य सहयोग संकलनको लागि कोषाध्यक्ष श्री युवराज पौडेल लाइ सम्योजकको जिम्मेवारी दीइएको छ र उपसंयोजकको जिम्मेवारी सचिवद्वय चन्द्र चुदाली दिएको छ। – संस्था नविकरण र लेखा परिक्षण प्रस्ताव ३ मा छलफल गरि महासचिव सुन्दर आचार्यलाई संस्था नविकरण / लेखा परिक्षणको सबै आधिकारिक कामको संयोजकमा जिम्मेवारी दीइएको छ र यसमा उपसंयोजकको जिम्मेवारी महिला उपाध्यक्ष अम्बिका श्रेष्ठ बेल्ब्बासेलाई दिएको छ। यसमा लाग्ने शुल्क र अन्य खर्चको अनिवार्य बिल र बैधानिक देखिने कागजपत्र समेत सुरक्षित राख्न समेत कर्तब्य छ भनि जनाइएको छ । प्रस्ताव नम्बर ४ बैंक खाता संचालन माथि छलफल गर्दा क्रमश: कोषाध्यक्ष श्री युवराज पौडेल / उपाध्यक्ष शेषकान्त अधिकारी / महासचिव सुन्दर आचार्य / सह-कोषाध्यक्ष शालिक पौडेल मध्ये नेपालमा स्थायी बसोबास गर्ने २ जनाको नाममा पुर्व कोषाध्यक्ष सरिता खनाल बाट बराबर हस्तानान्तरण लिएर पारदर्शिताका साथ् हिसाब हरु राख्न र कुनैपनि रकम अध्यक्षको अनुमति बिना या समितिमा आधिकारिक निर्णय नगरी निकासी नगर्न समेत जानकारी सहित जिम्मेवारी दीइएको छ र यसमा खाता संचालनमा कोषाध्यक्षलाइ सहज हुने गरि काम गर्नु गराउनु हुन् समेत सुचित गरिएको छ ।
बैठकमा अध्यक्ष : बिष्णु प्रसाद पौडेल उपाध्यक्ष : तेज प्रसाद अधिकारी उपाध्यक्ष : मधु अधिकारी उपाध्यक्ष : शेषकान्त अधिकारी महिला उपाध्यक्ष : अम्बिका बेलबासे श्रेष्ठ महासचिव : सुन्दर आचार्य सचिव : चन्द्र पौडेल चुदाली सचिव : लक्ष्मण भट्टराइ कोषाध्यक्ष : युवराज पौडेल सह- सचिव तथा खेलकुद संयोजक : कुलराज खनाल संगठन बिभाग प्रमुख : प्रेम बगल्दार सदस्य : घनश्याम पराजुली सदस्य: बिजय बिश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।