अर्घाखाँचीमा आज बुधवार १०० जनाले कोरोना जिते, १० जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १०   जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १६२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६५  जना, भूमिकास्थान नगरपालिकामा १४  जना,  शितगंगा नगरपालिकामा १३ जना,  मालारानी गाउँपालिकामा ५०,       पाणिनी गाउँपालिकामा १३   र छत्रदेव गाउँपालिकामा ७ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४०७८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७८८  जना, भूमिकास्थान नगरपालिकामा ७१४ जना,     शितगंगा नगरपालिकामा ४२७ जना,       मालारानी गाउँपालिकामा ४९७ जना,  पाणिनी गाउँपालिकामा ३६६  जना  र छत्रदेव गाउँपालिकामा २८६ जना संक्रमित रहेका छन् ।   
पछिल्लो २४ घण्टामा १०० जनाले कोरोना जितेका छन् । साथै जिल्लामा गत वर्षदेखि आजसम्म  ३८३६ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १६९७ जना, भूमिकास्थान नगरपालिकामा ६८५ जना,  शितगंगा नगरपालिकामा ४०१ जना,   मालारानी गाउँपालिकामा ४३३ जना,    पाणिनी गाउँपालिकामा ३४४ जना   र छत्रदेव गाउँपालिकामा २७६  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
बुधवारको कोरोना विवरण यस्तो छ: