खाँचीकोटको फुदवाङमा मृत्यु दावी रकम भुक्तानी (तस्बिर सहित)


अनिल नेपाली 
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी रकम भुक्तानी गरेको छ ।
 
खाँचीकोटका श्याम क्षेत्रीकाे असामयिक निधन भएपछि  विमा कम्पनीले ७ लाख ६८ हजार ९४ रुपैयाँकाे चेक  घरमै लगेर श्रीमती राधा   क्षेत्रीलाई  हस्तान्तरण गरेको हाे । 
वार्ड अध्यक्ष प्रितम बहादुर थापा र अभिकर्ता मधु क्षेत्री र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अर्घाखाँची प्रमुख मिना बस्यालले चेक रकम हस्तान्तरण गर्नु भएको हाे ।
 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य बसन्ता केसी , वडा सदस्य रामलाल खनाल, कमला नेपाली , पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला सहसचिव अनिल नेपाली लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु