कठमाडौं, भदौ ९ गते । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता दिएको छ ।
दुबै पार्टीलाइ मान्यता दिइएको र अहिले पमाणपत्र दिने काम भई रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो
नयाँ दल दर्ताका लागि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र महन्थ ठाकुर लगायतले दिनु भएको निवेदनमा आयोगले आजै सनाखत गरेको थियो । गोरखापत्रमा समाचार छ ।