अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको श्री रजस्थल माविमा शिक्षक विदाई तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाको श्री रजस्थल माविमा बिहीवार शिक्षक विदाई तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम विधालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर रायमाझी, सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ का वार्ड अध्यक्ष देवी बहादुर रायमाझीको प्रमुख आथित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन शिक्षक छविलाल भुसालले गर्नुभएको थियो भने स्वागत मन्तव्य निरज भट्टराईले गर्नु भएको थियो ।
साथै कार्यक्रममा प्र. अ छविलाल चुदाली, स.प्र. अ सरस्वती गौतम, विधालय व्यवस्थापन समितीका सदस्य तुल्सीराम रायमाझीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यस्तै कार्यक्रममा २०७४ सालदेखि उक्त विधालयमा कार्यरत शिक्षक बिष्णु कुमारी रानालाई विदाई गरिएको थियो । भने अक्षयकोष दाता अर्घाको कुडापानी निवासी टिका कुमारी भुसाललाई सम्मान गरिएको थियो । टिका कुमारी भुसालले आफ्ना दिवंगत सासु – ससुराको नाममा ५० हजर रुपैयाको कमलापती अम्बिका स्मृति अक्षयकोष निर्माण गर्नु भएको छ ।
उता यसअघि टिका कुमारी भुसालले आफ्नो नाममा ५१ हजारको अक्षयकोष निर्माण गर्नु भएको थियो ।
यस्तै अर्घाका स्वर्गिय शिव प्रसाद भुसालकी धर्म पत्नी समाजसेवी टीका देवी भुसालले नि:शुल्क उपलब्ध गराएको जग्गामा नवनिर्मित वार्ड कार्यालयको भवन १ करोड २० लाख रूपैयाँ लागतमा निर्माण भएको छ ।