वर्षाका कारण सन्धिखर्क – गाेरुसिंगे सडक ठाउँ – ठाउँमा अबरुद्ध, बढी जोखिम (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । निरन्तर परेको भारी वर्षाका कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क गाेरुसिंगे सडक ठाउँ – ठाउँमा अबरुद्ध भएको छ । 
सन्धिखर्क गाेरुसिंगे सडक ठाउँ – ठाउँमा अबरुद्ध हुनुका साथै प्रहरीले पहिरो हटाएर सुचारु गरेको छ । 
उता सडकमा पहिरो हटाएता पनि कतिपय स्थानहरुमा सडक माथिबाट ढुङगाहरु खस्न बढी जोखिम रहेको छ ।