चुत्राबेसीको भद्रिखाेलाका बादी सहितका दलित समुदायमा खाद्यान्न राहत बितरण


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीको भद्रिखाेलाका दलित समुदायमा खाद्यान्न राहत बितरण गरिएकाे छ। 
युनाईटेड अरब ईमिरेट्स आडको सहयोगमा चुत्राबेसीको भद्रिखाेलाका १३ घर परिवार बादी दलित समुदायमा खाद्यान्न राहत बितरण गरिएकाे हो । 
उता केही समय अगाडि चुत्राबेसीको भन्द्रीखोलाको जगंलमा बस्दै आएका १३ बादी परिवारलाई बस्ती निर्माण गरिएको छ ।
करिव ३७ वर्ष अघिदेखि त्रिपाल र टिनले छाएका टराहामा बस्दै आएका बादी समुदायको परिवारलाई लुम्बिनी प्रदेशको नता आवास कार्यक्रमको सहयोगमा सन्धिखर्क नगरपालिकाले बस्ती निर्माण गरिदिएको हो ।
प्रदेश सरकारको ४३ लाख ६८ हजार र नगरपालिकाको ११ लाखको बजेटमा बस्ती निमार्ण गरी बादी परिवारलाई लालपूर्जा दिइएको हो । दुई कोठे घरमा शौचालय, विद्युत् खानेपानी लगायतको सुविधा रहेको छ ।

अन्य समाचारहरु