प्रेमनारायण आचार्य
डिभर्ना, अर्घाखाँची १३ भदौ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ११ डिभर्नामा रहेको रक गाडेर्नमा सरसफाई गरिएको छ । सन्धिखर्क नगरपालिकाको आयोजनामा पर्यटकीय स्थल रक गार्डेनमा सरसफाइ गरिएको हो ।
प्राकृतिक रुपमा रहेको चट्टान आफै गार्डेन जस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिसहरु चट्टानको बनाबट र त्यहाँको वातावरणमा प्रफुल्लीत हुन्छन । चिसो वातावरण र छिटोछिटो परिबर्तन हुने मौषममा देखिने ढुंगाको बगैचामा जाने मासिनसहरु आनन्दीत हुने गरेका छन् ।
कलात्मक रुपमा मानिसहरुले आफै सजाएर र योजना अनुसार बनाएर राखेको जस्तो देखिने ति चट्टान अनौठो प्रकृतिका रहेका छन् । रकगार्डेनमा आउने स्थानीय तथा आन्तरिक पर्यटकहरुले फालेका प्लाष्टिक तथा पानीका बोत्तल लगायत उक्त स्थानमा रहेका फोहरमैलाहरुको सरसफाई गरिएको नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सन्धिखर्क नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष धु्रब आचार्य, प्राविधिक नारायण पाेख्रेल लगायत, सञ्चारकर्मी र सरोकारवाला निकायको उपस्थितिमा सरसफाई गरिएको हो ।