अर्घाखाँचीमा एकीकृत समाजवादीको २०० सदस्यीय जिल्ला कमिटी बन्ने, एमाले भन्दा ठुलो पार्टी निमार्ण गर्ने चौहानको दावी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) को २०० सदस्यीय रुपान्तरण जिल्ला कमिटी बन्ने भएको छ । 
समानान्तर कमिटीका ७० जना एकीकृत समाजवादीमा विलिन भई अब २०० सदस्यीय जिल्ला कमिटी बन्ने भएको हो ।
 समानान्तर कमिटीबाट रुपमान्तरण हुँदै गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष नेता रामबहादुर चौहानले अर्घाखाँचीडट्कमलाई भने; “अब  बढिमा एक हप्ता  भित्रमा नेकपा एमालेको अर्घाखाँची जिल्ला  कमिटीलाई   नेकपा (एकीकृत समाजवादी ) मा रुपान्तरण गर्ने  तयारी  भैरहेको  छ । अब ७० सदस्यीय जिल्ला  कमिटीलाई   नेकपा ( एकीकृत  समाजवादी ) मा रुपान्तरण गर्दा   करीब २ सयको हाराहाराहारीमा बिस्तार  गरी  रुपान्तरण  गरिने छ । सबै तयारी अन्तिम  चरणमा  पुगिसकेको  छ । केवल प्रक्रिया पुरयाउन र औपचारिकता  दिन  मात्रै बाँकी छ । 
यस्तै चौहानले भने; “अब जिल्ला कमिटी   बिस्तार  गर्दा अर्घाखाँची  जिल्लाका सबै पालिका र वार्ड  समेत  समेटेर  बिस्तार  गरिने  छ ।  त्यति मात्रै होईन, अब  केही दिनमा  जिल्लाका सबै पालिकामा पार्टीका  पालिका कमिटी, धेरै जसो वार्डमा वार्ड कमिटी, अनेरास्ववियुको बृहत  जिल्ला कमिटी, अन्य जनसंगठनका जिल्ला, पालिका र वार्ड कमिटी  समेत  बिस्तार गर्ने  योजना तय  भैसकेको छ ।”
उता एमालेले एकीकृत समाजवादीको संगठन विस्तारमा रोक्ने तयारी गरेको छ भन्ने प्रश्नमा चौहानले भने; “हाम्रो संगठन बिस्तारलाई बाधा पुरयाउने, रोक्ने र अबरोध  गर्ने  दिवा सपना कसैले  नदेखे हुन्छ ।  सुपो ठटाएर हात्ती  तर्साउने  खेल नखेल्दा हुन्छ ।  यदि  कसैलाई  भिडन्त  निम्त्याउने  रहर छ भने पहिला तिथिमिति तोकेर  टुडिखेलमा  कुस्ती  खेलौ, बल जाचौ र भिडन्तको तयारी  गरौंला । हामी संबैधानिक अधिकारको प्रयोग गरेर गाउमा  मात्रै होईन , संगठन बिस्तारको निम्ति  जनताको घर- घर र व्यक्ति – व्यक्तिमा पुग्छौं । 
उनले भने;  “हामी सित सम्बन्ध सुमधुर बनाउने कि बिगार्ने  त्यो एमालेको  हातमा  छ । उसलाई  रोजी हामीलाई छोडी ।  उ जसरी हामी सित प्रस्तुत हुन्छ , हाम्रो पार्टी  त्यसरी नै प्रस्तुत  हुन तयार रहेको व्यहोरा अनुरोध गर्दछु । साथै हाम्रो बाटो उज्ज्वल  छ , हाम्रो उद्देश्य सफा छ । जनता हाम्रा साक्षात भगवान  हुन । हामी जनता र राष्टप्रति  सदैव उत्तरदायी  छौँ । हामी  सकेसम्म राम्रो मात्रै गर्छौ , यदी नसके नराम्रो  गर्दै गर्दैनौ । यो  नै  हाम्रो  प्रतिबद्धता  हो । हामी  सम्बन्ध  बिगार्न चाहदैनौ ।”
यस्तै “नेकपा (एकिकृत समाजवादी)” पार्टीलाई जिल्ला कै सबैभन्दा ठुलो र शक्तिशाली पार्टी निमार्ण गर्ने समेत अध्यक्ष चौहानले प्रतिबद्धता जनाए । साथै जिल्लाभर संगठन विस्तार गर्न लागेको एकीकृत समाजवादीलाई एमालेले रोकावट गर्ने भएको छ । कुनै वार्डमा पनि एकीकृत समाजवादीको कमिटी निर्माण गर्न नदिन अन्तरिक तयारी अनुसार एमालेले कार्यकर्ता परिचालन गरेको बताइएको छ ।