विनोद श्रेष्ठ | अर्घाखाँचीडट्कम संवाददाता
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीमा डोजाङ्ग ( तेक्वान्दो ) प्रशिक्षण शुरु भएको छ ।
स्वास्थ्यका लागी खेलकुद र रास्ट्रका लागी खेलकुद भन्ने नारा सहित, ग्लोरियस बोर्डिङ स्कुलका प्रिन्सिपल कृश्न बेल्बासे र जिल्ला तेक्वान्दो संघका सचिव तथा कुसल तेक्वान्दो प्रशिक्षक प्रेम आले मगरको संयुक्त प्रयासमा खिल्जीमा तेक्वान्दो प्रशिक्षण शुरु भएको हो ।
योसँगै युवायुवतीसँगै आफ्ना बालबालिकाहरुलाई तेक्वान्दो सिकाउने गाउँबासीको चाहना पुरा हुने भएको छ ।
शहरबजारमा मात्रै सिमित रहेको राष्ट्रिय स्तरको यो खेलकुदको प्रशिक्षण गाउँसम्म पुर्याउनको लागी अर्घाखाँची तेक्वान्दो सँघले सक्दो प्रयास गरिरहेको छ ।
यो कार्य गाउँको बिकासको कडिका रुपमा रहने छ साथै पछिल्लो समय गाउँबाट खेलकुद तथा शिक्षाका लागि हुँदै गरेको बसाईसराई रोक्न थप मद्दत गर्नेछ ।