एकीकृत समाजवादी अर्घाखाँची संपर्क मन्चको पार्टी अध्यक्ष माधब कुमार नेपालसँग भेला सम्पन्न (तस्बिरहरु)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) अर्घाखाँची संपर्क मन्चको काठमाडौंमा भेला सम्पन्न भएको छ ।  
प्रमुख अतिथि पार्टी अध्यक्ष माधब कुमार नेपालको उपस्थितीमा एकीकृत समाजवादी अर्घाखाँची संपर्क मन्चको बुधवार काठमाडौंमा भेला सम्पन्न भएको हो ।  
काठमाडौंको अर्याल होटलमा पार्टी बिभाजन पछिको अर्घाखाँची जिल्लाको अवस्था र सम्पर्क मंचको भूमिकाको बिषयमा छलफल भएको भेटघाटमा स्थायी कमिटी सदस्य डा. बेदुराम भुसाल, पोलिट्ब्युरो सदस्य डा. बिजय पौडेल, पिताम्बर भुसाल, डा दुमन थापा, कुलदिप भुसाल, नारायण श्रेष्ठ, माधब गौतम, मोहन महत, मोहन गौतम, नारायण शर्मा, सुशील खनाल, आकाश खनाल , हिमालय पन्थी, युवा संघ सचिब सुशील भट्टराई लगायतको सहभागिता रहेको थियो । 
साथै उक्त भेलाले सम्पर्क मन्चको तर्फबाट सम्पर्क समन्वय गर्ने गरि जिल्लाका सबै पालिकामा जिम्मेवारी तोकेको छ । जसमा भुमिकस्थानको जिम्मा माधव गौतम र नारायण श्रेष्ठ, मालारानी हिमालय पन्थी र मोहन महत, सन्धिखर्कमा कुलदिप भुसाल र दुमन थापा, शितगंगा नगरपालिकामा दिनेश आचार्य  दुमन थापा, छत्रदेव गाउँपालिका  प्रकाश ज्ञवाली र रुपकुमार छेत्री, पाणिनी गाउँपालिकामा मोहन गौतम र शेशनारायण पोख्रेल यम कुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । 
उता नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) अर्घाखाँचीले आगामी असोजको दोस्रो हप्तामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिन पूर्व  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष माधव कुमार नेपाल अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आउने भएका छन् ।  
एकीकृत समाजवादी अर्घाखाँचीले आगामी असोजको दोस्रो हप्तामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिन पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष माधव कुमार नेपाल सदरमुकाम सन्धिखर्कमा आउने भएका हुन् । 
समानान्तर कमिटीबाट रुपमान्तरण हुँदै गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष नेता रामबहादुर चौहानले अर्घाखाँचीडट्कमलाई बताए अनुसार असोज  दोश्रो हप्ता भित्रमा जिल्ला सदरमुकाम सन्धिखर्कमा अगुवा कार्यकर्ता भेलालाई  नेकपा ( एकीकृत समाजवादी ) का  अध्यक्ष, पूर्व  प्रधानमन्त्री एवम्  माधव कुमार नेपाल लगायतका विशिष्ट  व्यक्तित्वहरुद्वारा प्रशिक्षण दिने योजना  तय गरिएको छ ।”
उक्त भेलामा २ ह्जार बढी अगुवा कार्यकर्ताहरु सन्धिखर्कमा उतार्ने तयारी पनि उक्त पार्टीले गरेको छ । उता एकीकृत समाजवादीको २०० सदस्यीय रुपान्तरण जिल्ला कमिटी बन्ने भएको छ ।