अर्घाखाँचीमा आज बिहीवार १४ जनाले कोरोना जिते, ६ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १०२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४६  जना, भूमिकास्थान नगरपालिकामा १०  जना,  शितगंगा नगरपालिकामा १० जना,  मालारानी गाउँपालिकामा २६,    पाणिनी गाउँपालिकामा ६   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१३० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८११  जना, भूमिकास्थान नगरपालिकामा ७२० जना,     शितगंगा नगरपालिकामा ४२८ जना,       मालारानी गाउँपालिकामा ५१४ जना,  पाणिनी गाउँपालिकामा ३६९  जना  र छत्रदेव गाउँपालिकामा २८८ जना संक्रमित रहेका छन् ।   
साथै जिल्लामा पछिल्लो २४ घण्टामा १४ जनाले कोरोना जितेका छन् ।    जिल्लामा गत वर्षदेखि आजसम्म  ३९४८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १७३८ जना, भूमिकास्थान नगरपालिकामा ६९५ जना,  शितगंगा नगरपालिकामा ४०५ जना,   मालारानी गाउँपालिकामा ४७४ जना,    पाणिनी गाउँपालिकामा ३५४ जना   र छत्रदेव गाउँपालिकामा २८१  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
बिहीवारको कोरोना विवरण यस्तो छ: