अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ३ खिदिमका सवारी ज्यान कसुर मुद्धामा कैद तोकिएका फरार एक व्यक्ति प्रहरीले प्रकाउ गरेको छ ।
प्रहरीले आज बिहीवार सवारी ज्यान कसुर मुद्धामा कैद तोकिएकोमा फरार रहेका खिदिमका ३६ वर्षिय मनोज दर्लामीलाई उनकै घरबाट प्रकाउ गरेको हो ।
दर्लामीलाई अर्घाखाँची जिल्ला अदालतले गत चैत्र १८ गतेको ११ महिना ६ दिन कैद तोकेको थियो । दर्लामीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले निजकै घरमा फेला पारी नियन्त्रणमा तिल्एको थियो ।
साथै उनलाई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।