मालारानी गाउँपालीकामा एक घर एक खानेपानी धारा अभियानले सार्थकता पाउँदै गएपछि स्थानीयमा खुसीयाली


गणेश खनाल
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकाका गाउँबस्तीमा एक घर एक खानेपानी धारा अभियानले सार्थकता पाउँदै गएपछि स्थानीयमा खुसीयाली छाएको छ । 
घर घरमा धारा पुगेपछि घण्टौ धाएर खानेपानी ल्याउनु पर्ने बाध्यता हल भए गाउँले खुसीले गदगद भएका छन् । पछिल्लो २ वर्षमा मात्र मालारानीका झन्डै प्रन्ध सय स्थानीयको घरमा धारा जडान गरिएको मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यले जानाकारी दिए । चुनावमा जनताहरुलाई दिएको वाचा अनुसार काम गरिरहेको बताउदै आचार्यले नपुगेका ठाउँमा अहिलेको बजेटमा प्राथमिकता दिइएको आचार्यको भनाई रहेको छ ।
आठ वडा रहेको गाउँपालीकामा केहि स्थानमा विद्युतिय लिफ्टबाट खानेपानी लिईरहेका उपभोक्ताहरुलाई ५० प्रतिसत अनुदान उपलव्ध गराईरहेको मालारानी गाउँपालीका सवईन्जियर हरिशचन्द्र पाण्डेले जानाकारी दिए । मालारानी गाउँपालीका वाडनम्वर ३ का स्थानीयहरुलाई जिल्लामै पहिलो प्रयोग गरिएको बोरिङ्ग मार्फत खानेपानी पु¥याईएको गाउँपालीका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताईन । ३ सय मिटर तल जमिन मुनीबाट पानी निकाले ट्याक्की मार्फत गाउँहरुमा खानेपानी वितरण गरिएको छ । 
झन्डै ७ करोडको लगानी गाउँपालीका सबै जसो वाडहरुमा खानेपानी पहुच पु¥याईएको प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले बताए । हालको बजेटमा अपुरा रहेका खानेपानी योजनाहरुलाई प्राथमिकता राखी बजेटलाई प्राथमिकता दिईएको योजना प्रमुख नेत्र प्रसाद खनालले जानाकारी दिए । पर्यटन,सहकारी,कृर्षी लगाएतका क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालीकाले आर्थिक वर्षमा पनि सोही अनुसार प्राथमिकता राखी बजेट निर्माण भएको जनाईएको छ । खानेपानीका मुहान संरक्षण तर्फ पनि काम भईरहेको योजना शाखाका कर्मचारी पदम आचार्यले बताए ।