अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका कोरोना मुक्त नजिक पुगेको छ । यस पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या ३ जना रहेको छ ।
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यसअघि पनि छत्रदेव गाउँपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २८८ जना रहेको छ ।
यस्तै यस पालिकामा गत वर्षदेखि आजसम्म २८२ जनाले कोरोना जितेका छन् । भने ३ जनाको निधन भएको छ ।
जिल्लाको कोरोना विवरण यस्तो छ:
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यसअघि पनि छत्रदेव गाउँपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २८८ जना रहेको छ ।
यस्तै यस पालिकामा गत वर्षदेखि आजसम्म २८२ जनाले कोरोना जितेका छन् । भने ३ जनाको निधन भएको छ ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ९६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, भूमिकास्थान नगरपालिकामा ७ जना, शितगंगा नगरपालिकामा १० जना, मालारानी गाउँपालिकामा २४, पाणिनी गाउँपालिकामा ९ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१३५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८१२ जना, भूमिकास्थान नगरपालिकामा ७२० जना, शितगंगा नगरपालिकामा ४२८ जना, मालारानी गाउँपालिकामा ५१५ जना, पाणिनी गाउँपालिकामा ३७२ जना र छत्रदेव गाउँपालिकामा २८८ जना संक्रमित रहेका छन् ।
साथै जिल्लामा पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म ३९५८ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १७४२ जना, भूमिकास्थान नगरपालिकामा ६९८ जना, शितगंगा नगरपालिकामा ४०५ जना, मालारानी गाउँपालिकामा ४७७ जना, पाणिनी गाउँपालिकामा ३५४ जना र छत्रदेव गाउँपालिकामा २८२ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३, मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।