अर्घाखाँचीमा नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइयो (तस्बिरहरु)


झनक केसी  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । 
विश्वमा रेडक्रस स्थापना भएको सय बर्षपछि वि.सं २०२० भाद्र १९ मा स्थापना भएको ५९ औं बर्षमा पुगेको अवसरमा जिल्ला शाखा अर्घाखाँचीले दिवस मनाएको हो ।
रेडक्रस अर्घाखाँचीले जिल्ला सभापती कुशल भुषालको अध्यक्षमा प्रमुख अतिथी नेरेसो केन्द्रिय सदस्य शम्भु प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरि रेड्क्रस स्थापन दिवश मनाइयो। 
कार्यक्रममा जिल्ला शाखाको निर्देशनमा कोभिड माहामारिमा कोरोना भाइरस विरुद्धको खोप तथा  कोरोना भाइरसको संक्रमण  रोकथाम र नियन्त्रण सम्बन्धि स्वयंसेवक र कर्मचारीले गरेको समिक्षा तथा अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम गरि दिवश मनाइएको थियो। नेरेसो जिल्ला शाखा अर्घाखाँचीका उपसभापति राधा नेपाली,कैलाश कुमार श्रेष्ठ,मन्त्री चन्द्र प्रसाद भन्डारी,कोषाध्यक्ष तुस्सी राम पौडेल,उपमन्त्री हरि बहादुर के.सि.उपकोषाध्यक्ष नवराज रायमाझी,लगायत सदस्यहरु, जिल्लाका खोप केन्द्रमा खटिएका स्वयंसेवकहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै उपसभापति राधा नेपालिले जिल्लामा रेडक्रसले गरेको कामलाई सहजीकरण गर्न म दिनरात लागेकि छु ऐले केन्द्रको निर्देशनमा जिल्लाका स्वास्थ शाखामा खटाइएका स्वयंसेवकले गरेको कामको उच्च मुल्यांकन गरिएको भन्दै हौसला प्रधान गरिन तेस्तै आमन्तृत प्रमुख अतिथि नेरेसो केन्द्रिय सद्स्य शम्भु प्रसाद पोखेलले कार्यक्रममा बोल्दै म जिल्लाको बासिन्दा भएकै नाताले म केन्द्रमा छु कार्यक्रम ल्याउनुस म के सहयोग गनुपर्छ सदैव सहयोग गर्ने प्रतिबद्धता गर्दै ऐले जिल्ला शाखामा धेरै योजना आएका छन।
कार्यक्रम पारदर्शीतालाई मध्यनजर गर्दै कोभिड विरुद्ध कोरोना रोकथामको लागि म स्वास्थ तर्फपनि केही नया योजना ल्याउदै छु तर जिल्लामा कार्यक्रममा सकृय लाग्नु पर्यो भन्दै जिल्लामा स्वास्थ शाखामा खटिएका स्वयंसेवकलाई हौसला प्रधान गरेका थिए। तेस्तै कार्यक्रमका अध्यक्ष तथा जिल्ला सभापती कुशल भुषालले पनि थोरै समयमा जिल्लाको निर्देशनमा स्वास्थ शाखामा खटिएका स्वयंसेवकको खुलेर प्रसम्सा गरेका छन । आगामी दिनमा अझै ब्यबस्थापन सहित कार्यक्रमलाई थप परिमार्जन गरि लैजाने जिल्लामा हामी रेडक्रसलाई चिनाउन सबैको साथ र सहयोगको खाचो छ। तपाईहरुले स्वयंसेवक गरेको स्वास्थ शाखामा केही अनियमितता भएमा मलाई सिधै सम्पर्क गर्न गर्नुस भन्दै मोबाइल न.सेयर गर्नु भएको थियो।
रेडक्रसको ५९औ स्थापना दिवस देशका धेरै जिल्ला शाखा र उपशाखाहरुले बिबिध कार्यक्रम गरि मनाएका छन ।