अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा सम्पन्न वार्ड सभापति पदमा माधव श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
सानैदेखि नै राजनीतिमा सक्रिय माधव श्रेष्ठ सन्धिखर्कबाट वार्ड सभापति पदमा निर्विरोध चयन भएका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त शुक्रबार सम्पन्न वार्ड अधिवेशनबाट राजनीतिमा क्रियाशील रहेका वार्ड सभापति पदमा निर्विरोध चयन भएका छन् ।