अर्घाखाँचीमा आज सोमबार १३ जनाले कोरोना जिते, ६ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ८० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३१  जना, भूमिकास्थान नगरपालिकामा ९  जना,  शितगंगा नगरपालिकामा ४ जना,  मालारानी गाउँपालिकामा २८,  पाणिनी गाउँपालिकामा ६    र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१४८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८१६   जना, भूमिकास्थान नगरपालिकामा ७२२ जना,     शितगंगा नगरपालिकामा ४२८ जना,       मालारानी गाउँपालिकामा ५२२ जना,  पाणिनी गाउँपालिकामा ३७२  जना  र छत्रदेव गाउँपालिकामा २८८ जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लामा १३ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ३९८७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १७५८ जना, भूमिकास्थान नगरपालिकामा ६९८ जना,  शितगंगा नगरपालिकामा ४११ जना,   मालारानी गाउँपालिकामा ४८० जना,    पाणिनी गाउँपालिकामा ३५७ जना   र छत्रदेव गाउँपालिकामा २८३  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
सोमबारको कोरोना विवरण यस्तो छ: