अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा सम्पन्न वार्ड महाधिवेशनबाट १८ बर्षिय एक युवा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल बिद्यार्थी संघ नगर सदय तथा २ बर्षदेखि राजनीतिमा सक्रिय हलिम खान क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त शुक्रबार सम्पन्न वार्ड अधिवेशनबाट राजनीतिमा क्रियाशील रहेका खान क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध चयन भएका थिए ।