अर्घाखाँचीडट्कम संवाददाता
दोहा । अर्घाखाँची सेवा समाज कतारले संस्थाका सल्लाहकार बिमल अधिकारीलाई एक कार्यक्रमको आयोजना गर्दै बिदाई कार्यक्रम सम्पन्न गरेको ।
प्रवास कतारमा स्थापित सामाजिक जिल्ला संस्था “अर्घाखाँची सेवा समाज कतार”ले कर्मभुमि कतारलाई बिट मार्दै आफ्नो जन्मभुमी फर्किन लागेका अधिकारिलाई खादा तथा प्रशंसा पत्रको साथ बिदाइ गरेको हो
गत शुक्रबार 3 सेप्टेम्बर 2021 का दिन संस्थाका अध्यक्ष टेकराज थापाको सभापतित्वमा प्रमुख सल्लाहकार ठाकुर कुमार परियार, सल्लाहकार केदार नाथ भुसाल, पुर्व सचिवालय सदस्य नारायण राना, साबिक गाबिस स्तरीय बाँगी सेवा समाज कतारका निबर्तमान अध्यक्ष कुल बहादुर केसी , बुद्धभुमी कपिलवस्तु सेवा समाज कतारका महासचिव राजेन्द्र पाण्डे , लगायत संस्थामा आबद्ध कार्यसमितिका सदस्य हरुको उल्लेखनीय उपस्थितित्व रहेको थियो ।
उपाध्यक्ष बिष्णु बहादुर कुवंरले स्वागत मन्तव्यबाट सुभारम्भ गरिएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य श्रीधर आचार्य, कुल बहादुर केसी , राजेन्द्र पाण्डे, सल्लाहकार केदार नाथ भुसाल,प्रमुख सल्लाहकार ठाकुर कुमार परियारले शुभकामना मन्तव्यको क्रममा उन्को आगामी दिनहरु सफल उदायमान रहुन, प्रवासमा हासिल गरेका अनुभवलाई स्वदेशी भुमिमा बिस्तार गरि
भोलिका दिनमा हामी बिचको आपसी भाइचारा सहकार्य जहाँ रहेता पनि प्रगाढ रहिरहने बताउए ।
केही समयको लागि हामी बिछोड भएता पनि एकन एक दिन हामी सबै आफ्नै स्वदेश जन्मभुमि फर्किनु पर्ने रहेकोले आगामी दिनमा अधिकारीले लिएका योजनाहरुले भोलिका दिनमा हामीलाई प्रोत्साहित गरि थप उर्जाशिल बन्न सकोस् भन्ने शुभेच्छा सहित शुभकामना प्रकट गरे ।
सभापति टेकराज थापाले संस्थामा रहेर समाजले आयोजना गरेका विभिन्न कार्यक्रममा दिएको योगदान प्रति समाजले सधैं स्मरण गरिरहने बताए । आगामी यात्रा सफल र आरामदायी रहोस् भनी शुभकामना दिए ।
समाजले बिदाई कार्यक्रमको आयोजना गरि सह सम्मान प्रती कृतज्ञता प्रकट गर्दै सम्पुर्ण साथीहरूलाई अधिकारिले धन्यवाद दिए , नेपालबाट छोटो समयको लागि हरियो पासपोर्ट बोकेर प्रवास आएता पनि हेर्दाहेर्दै दुई दशक अर्थात आधा उमेर जति प्रवासको बसाई रहेको बताउदै सबै साथीहरू ढिलो चाडो स्वदेश फर्कनु पर्ने र आफ्नै भुमिमा केही गर्नु पर्ने बताए । साथीहरूको एकताबद्ध आपसी सम्बन्ध अन्य संघ संस्थाहरुको तुलनामा प्रगाढ रहेको भन्दै सस्थाको प्रशंसा गर्दै आफ्नो मन्तव्यको बिट मारे ।कार्यक्रमको सहजीकरण संस्थाका महासचिव बालाराम पान्डेले गरेका थिए ।