ç
हरिश चन्द्र बिश्वकर्मा
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको पाथ्राबाङ गाउँमा खानेपानीको हाहाकार भएको छ।
अर्घाको भगवती मन्दिर नजिक रहेको पाथ्राबाङ गाउँमा खानेपानीको हाहाकार भएको हो । ६० बढी घरधुरी पाथ्राबाङ गाउँमा वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन् ।
वर्षायाममा पनि धारोमा पानी अभाव भएकोले यहाँका स्थानियबासीहरु घन्टौं लाइनमा बसेर पानी भर्न वाध्य रहेका छन् ।
चैत्र बैशाखको महिनामा झन यहाँ खानेपानी हाहाकार मच्चिएको देखिन्छ । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका पाथ्राबाङ गाउँबासीको समस्या अहिलेसम्म न वार्ड न नगरपालिकाले सुनेको छ ।
सानो मुलबाट आएको पानी पालैपालो थापेर वर्षौदेखि गुजरा चलाएका स्थानीयहरुलाई २४ सै घण्टा खानेपानीको लागि चिन्तीत भएका देखिन्छन् ।
धारोमा पानी नआउदा यहाँका स्थानीयहरु घन्टौ लगाएर खानेपानी ल्याउने गर्छन् । पाथ्राबाङ गाउँ बाहेक अर्घाका प्राय गाउँमा खानेपानीको अभाव रहेको देखिन्छ ।