खाँचीकोटका बाटोहरु तीजमा आउने जाने नारीहरुलाई सजिलो होस् भनेर धामाधम मर्मत शुरु (तस्बिरहरु)


ç
केशब घिमिरे 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खाँचीकोटका मुख्य सडकहरु तीजमा आउने जाने नारीहरुलाई सजिलो होस् भनेर धामाधम मर्मत शुरु गरिएको छ । 
खाँचीकोटको फुदवाङ, फर्जेङखोला, डिहिडाँडा, किटनी लगायतका मुख्य बाटोहरु हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा  आउने जाने नारीहरुलाई सजिलो होस् भनेर धामाधम सोर्न शुरु गरिएको हो  ।
खाँचीकोटका बाटोहरु यस अगाडि आएको वर्षाले अस्तव्यस्त गराएको छ । स्थानियले जेसिबी लगाएर धामाधम सोर्न लागेका छन् । 
उता तीज लगायत महान चाडबाड नजिकदै जाँदा खाँचीकोटमा रमाइलो तथा चहलपहल बढेको छ । 

अन्य समाचारहरु