अर्घाखाँचीमा आज मंगलबार १० जनाले कोरोना जिते, ९ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १०  जना,  शितगंगा नगरपालिकामा १ जना,  मालारानी गाउँपालिकामा २९,   पाणिनी गाउँपालिकामा ६    र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१५७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८१९   जना, भूमिकास्थान नगरपालिकामा ७२४ जना,     शितगंगा नगरपालिकामा ४२८ जना,       मालारानी गाउँपालिकामा ५२५ जना,  पाणिनी गाउँपालिकामा ३७२  जना  र छत्रदेव गाउँपालिकामा २८९ जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लामा १० जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ३९९७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १७६२ जना, भूमिकास्थान नगरपालिकामा ६९९ जना,  शितगंगा नगरपालिकामा ४१४ जना,   मालारानी गाउँपालिकामा ४८२ जना,    पाणिनी गाउँपालिकामा ३५७ जना   र छत्रदेव गाउँपालिकामा २८९   जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
मंगलवारको कोरोना विवरण यस्तो छ: