असुरकोटमा मानसिक पीडित युवालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान


अशोक खनाल | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ५ असुरकोटमा मानसिक पीडित एक युवालाई नेपाली नागरिकता को प्रमाणपत्र बितरण गरिएको छ ।  
 
जिल्ला प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले असुरकोटका २७ वर्षिय  मानसिक पीडित केशव बन्जाडेलाई उनैको घरमा  पुगि नेपाली नागरिकताको प्रमाणपत्र बितरण गर्नुका  साथै केही खाध्य तथा राहत सामाग्री पीडितकी आमा सुमित्रा बन्जाडेलाई हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा  प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री शसस्त्र प्रहरी निरीक्षक चन्द्र बहादुर खत्री जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका नायब सुब्बा कृष्ण प्रसाद आचार्य  वार्ड नम्बर  ५ का वडाअध्यक्ष तुल्सिराम बन्जाडे लगायतको उपस्थित रहेको थियो । 
 
आर्थिक अबस्था कमजोर भएको उक्त परिबार का सदस्य मानसिक  पीडित केशव बन्जाडेको उपचारको लागी  आफुले मिल्ने जुनै पनि प्रकारको सहयोग गर्ने प्रजिअ पौडेलले  प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । 
पीडित केशव बन्जाडे ४ बर्ष देखि मानसिक सन्तुलन बिग्रेको आर्थिक अभावको कारण उपचारमा लान पनि नसकिएको  र उनको उपचारको निम्ति कसैले पनि सहयोग नगरेको पीडितकी आमा सुमित्रा बन्जाडेले बताएकी छन् । 

अन्य समाचारहरु