अर्घाखाँचीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि पदमा उमेश घिमिरेद्वारा उम्मेदवारी दिने घोषणा


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा अर्घाखाँची जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा जिल्लाका बौद्धिक एंव युवा नेता उमेश घिमिरेले उम्मेदवारी दिने भएका छन् । 
 
भुमिकास्थान नगरपालिका वार्ड न. ९ का नेपाली कांग्रेसका पुर्व वार्ड सभापति रहेका घिमिरे जिल्लाको युवा व्यवसायी तथा समाजसेवीको रुपमा पनि परिचित छन् । 
विभिन्न संघ संगठन लगायत सार्वजनिक एंव सामुदायिक संस्थामामा आफ्नो व्यवस्थापकिय नेतृत्व मार्फत कुशलता प्रदर्शन गरेका घिमिरे कांग्रेसलाई वार्ड तहबाट नै बलियो बनाउन १४ औ महाधिवेशनमा प्रतिनिधिको उम्मेदवारी दिने घोषणा गरेका हुन् । 
अर्घाखाँचीका युवाहरूको आशाको केन्द्र विन्दु रहेका घिमिरे यसपालीको वार्ड स्तरीय अधिवेशनमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराबाट निर्विरोध क्षेत्रिय प्रतिनिधि निर्वाचित भएका हुन् । 
घिमिरे विगतमा अर्घाखाँचीको कांग्रेसको खम्बाको रुपमा स्थापित नेता स्व.भक्तिराम घिमिरेको सुपुत्र हुन् । 
पार्टीमा मेरो योगदानका साथै अहिले नेपाली कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुको माग र चाहाना बमोजिम युवा नेतृत्व चयन गरि पार्टीलाई गतिशील बनाउन पर्ने आवश्यकता रहेकोले आफुले सो उदेश्यलाई सहयोग पुर्‍याउन महाधिवेशन प्रतिनिधिमा उम्मेदवार दिनुपरेको र आम कार्यकर्तासँग पनि सोही अनुरुपको सोच, विचार र भावना रहेकोले आफ्नो जित सुनिश्चित रहेको अर्घाखाँचीडट्कमलाई बताए।