शितगंगा नगरपालिका कोरोना मुक्त, संक्रमितको संख्या सुन्य


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका कोरोना मुक्त भएको छ ।  यस नगरपालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको छ । 
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस  शितगंगा नगरपालिकामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४२८ जना रहेको छ । 
यस्तै यस नगरपालिकामा गत वर्षदेखि आजसम्म  ४१५ जनाले कोरोना जितेका छन् । भने १ जना आत्महत्या सहित १३ जनाको निधन भएको छ । 
जिल्लाको कोरोना विवरण यस्तो छ: 
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३२  जना, भूमिकास्थान नगरपालिकामा ९  जना,  शितगंगा नगरपालिकामा ० जना,  मालारानी गाउँपालिकामा २५,     पाणिनी गाउँपालिकामा ४  र छत्रदेव गाउँपालिकामा १ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१७० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८२५   जना, भूमिकास्थान नगरपालिकामा ७२७ जना,     शितगंगा नगरपालिकामा ४२८ जना,       मालारानी गाउँपालिकामा ५२९ जना,  पाणिनी गाउँपालिकामा ३७२  जना  र छत्रदेव गाउँपालिकामा २८९ जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा जिल्लामा ५ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४०१८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १७६६ जना, भूमिकास्थान नगरपालिकामा ७०३ जना,  शितगंगा नगरपालिकामा ४१५ जना,   मालारानी गाउँपालिकामा ४९० जना,    पाणिनी गाउँपालिकामा ३५९ जना   र छत्रदेव गाउँपालिकामा २८५   जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

अन्य समाचारहरु