त्रिचन्द्र कलेज र घण्टाघरलाई पुरानै ढाँचामा पुनःनिर्माण गरिने


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । मुलुककै सबैभन्दा पुरानो त्रिचन्द्र कलेजलाई सरकारले पुरानै ढाँचामा पूणनिर्माण गर्ने घोषणा गरेको छ ।
शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-७९ को शंसोधित बजेटले त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् ।
त्यस्तैगरी विश्वविद्यालयहरुलार्य पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गरिने जनाएका छन् ।
प्रतिस्थापन विधेयकका विशेषता :
१. वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगकोे शुरुवात
२ कोभिड १९ बाट रोजगारी गुमाएका अति विपन्न पाँच लाख परिवारलाई एक पटकका लागि १० हजारका दरले नगद राहत उपलब्ध गराइने 
३. मृगौला प्रत्यारोपण गरेका, क्यान्सर पीडित र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि खर्च वापत मासिक ५ हजार दिइने 
४. जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार जीवन वृत्ति भत्ता दिइने
५. कोभिड १९ प्रभावित उद्योग व्यवसायलाई आकर्षक छुट
६. आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने खालको नीति
७. हरेक प्रदेशमा कक्षा १२ सम्मका विद्यार्थीहरुको लागि ‘पढ्दै कमाउदै’ कार्यक्रम नमुनाकाे रुपमा सुरु गरिने
८. पहिलो पटक अनलाईन मिडियाहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन शुरु गरिँदै 
९. शिक्षक अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने
१०. सहकारी संस्थाहरुले भगिनी कम्पनी खाेलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउनेगरी कानूनी प्रवन्ध मिलाइने लगायत……..