अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विप्लव नेतृत्वको नेकपा अर्घाखाँचीले एमसिसी खारेजको माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
अमेरिकाले एमसिसी परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजिको माग गर्दै बिरोध कार्यक्रम गरिएको सनपा र भुनपा नगर ईन्चार्ज नविन खड्काले जानकारी दिएका छन ।
बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टिका जिल्ला सचिव खेम घर्तिले एमसिसि पास गरेर ५६ अर्ब ल्याउनु भन्दा यही देशकै एनसिएल,देशका अन्य ठग कम्पनी संग लुटेराहरु बाट कर असुल गर्ने हो भने एमसिसिको भन्दा ५ गुणा रकम उठ्न सक्ने भनेका थिए ।
यसै सन्दर्भमा बोल्दै अहिलेको सरकार अथवा दलाल पुँजिवादी सरकारले जनताको आवश्यक्तालाई पुरा गर्न नसक्ने प्रस्ट भईसकेको छ , यसको लागी हामीले भनेको वैज्ञानिक समाजवादको बाटो एक मात्र बिकल्प रहेको बताएका छन ।
यस्तै बिरोध सभालाई संचालन गर्दै सनपा र भुनपा नगर ईन्चार्ज नविन खड्काले एमसिसि पास गर्ने भरौटेहरुलाई जनयुद्धमा गाउँ देखी लखेटे जस्तो अब शहर देखी पनि लखेट्ने बताएका छन । यस्तै एमसिसि बिरुद्धको आन्दोलनमा सम्पुर्ण शिक्षा प्रेमी, न्याय प्रेमी तथा देशभक्त नागरिकहरुलाई एकजुट भएर लाग्न अनुरोध गरेका थिए ।
बिरोध कार्यक्रम सनपा दुई भक्तिटोला चोक देखी ¥याली सुरु भई शान्ति बगैचामा परिणत भएको थियो । कार्यक्रमका अर्घा जन सांस्कृतिक परिवार अर्घाखाँचीले बिभिन्न प्रकारका जनवादी गित तथा देशभक्ति नृत्यद्धारा मनोरञ्जन दिएका थिए।