अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा जिल्लाका बौद्धिक, शैक्षिक, धार्मिक,इमान्दार र सत्यनिष्ठाका प्रतिमुर्ति ट्रेड युनियन नेता नन्दराम भट्टराईले उम्मेदवारी दिने भएका छन।
सन्धिखर्क नगरपालिका वार्ड न. ५ का नेपाली काङ्ग्रेस पुर्व(साबिक वााङ्गलाका)वार्ड सभापति ,२०५४ सालमा नेपाल शिक्षक संघको महाधिवेशन प्रतिनिधिबाट ट्रेड युनियन गतिबिधि शुरु गरेका भट्टराई २०६० मा नेपाल शिक्षक संघको जिल्ला सचिव थिए। नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अध्यक्ष समेत भएका भट्टराई अहिले नेपाल ट्रेड यूनियन कांग्रेस लुम्बिनी प्रदेशको सचिव हुन । जिल्लाको शैक्षिक एवं सामाजिक ब्यक्तित्वको रुपमा परिचित भट्टराई विभिन्न संघ संस्था लगायत सार्वजनिक एंव सामुदायिक संस्थामा आफ्नो नेतृत्व कुशलता पूर्वक गरेका छन्।
आफ्नो वडामा सर्ब सहमतिमा वडा अधिवेशन सम्पन्न गर्न अहम भुमिका निभाएका भट्टराई राजनीतिमा युवाहरूलाई मौका दिनु पर्छ भन्ने मान्यता राख्दछन्। ”अहिले नेपाली राजनीतिमा मौलाएको बितृष्णाले नेपाली युवाहरु आफ्नो भविष्य यो देसमा देख्न सकिरहेका छैनन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले यसलाई कही हदसम्म सम्बोधन गरेको छ।”
ईमान्दार कर्तव्यनिष्ठ भट्टराई शिक्षकहरुका बीचमा लोकप्रिय छन् । पार्टीमा आफ्नो योगदानका साथै अहिले नेपाली काङ्ग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुको माग र चाहाना बमोजिम इमान्दार नेतृत्व चयन गरि पार्टीलाई गतिशील बनाउनु पर्ने आवश्यकता रहेकोले आफुले सो उदेश्यलाई पुरा गर्न केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार दिनुपरेको र आम कार्यकर्ता संग पनि सोही अनुरुपको सोच ,विचार र भावना रहेकोले आफ्नो जित सुनिश्चित रहेको अर्घाखाँची डटकमलाई बताए।