खिल्जीको दुर्बाङ दमारमा अब फोर जी सहितको ईन्टरनेट


अर्घाखाँचीडट्कम संवाददाता 
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  भूमिकास्थान नगरपालिका वार्ड ६ खिल्जीको दुर्बाङ दमारमा नेपाल टेलिकमले टावर नटिप्ने समस्याको अन्त्य भएको छ ।
लामो समयदेखि टावर नटिप्ने समस्या रहेको खिल्जीको दुर्बाङ दमारमा नेपाल टेलिकमले टावर नटिप्ने समस्याको अन्त्य भएको हो । 
 
टेलिकमका इन्जिनियर लक्ष्मण बेल्बासेका अनुसार बिहीवार घोराखरी डाँडामा टावर जडान गरेसँगै अब दुर्बाङ दमार क्षत्रमा नेपाल टेलिकमले प्रदान गर्दै आएका फोर जी सहितका सम्पुर्ण सुबिधाहरु सेबाग्रहीले प्राप्त गर्नेछन् ।
बिगतमा नेटवर्कसम्म नहुँदा उक्त क्षत्रका बासिन्दाहरुले ठुलो सास्ती खेप्नु परेको कुरा आफैले अनुभव गरेका खिल्जीको धारिचौर निवासी नेपाल टेलिकमका इन्जिनियर  लक्ष्मण बेल्बासेले-  व्यक्तिगत रुपमै पहल गरेपछि घोराखरी क्षेत्रमा टावर जडान गर्न सम्भव भएको हो ।
 
योसँगै दुर्बाङ्ग,  दमार,  जुडा, मान्द्रे र दाङबाङ्ग क्षेत्रका उपभोक्ताहरुलाई लामो समयदेखि  भोग्दै आएको सास्तीबाट मुक्ति मिलेको छ ।

अन्य समाचारहरु