अर्घाखाँची क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा कांग्रेस युवा नेता यज्ञ प्रसाद पौडेलले उम्मेदवारी दिने

 

बिनोद श्रेष्ठ
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालिका वार्ड नम्बर ५ पालीका  कांग्रेसका युवा नेता यज्ञ प्रसाद पौडेलले अर्घाखाँची जिल्ला क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेसका युवा नेता यज्ञ प्रसाद पौडेलले अर्घाखाँची जिल्ला क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने भएका हुन् । 
नेपाली कांग्रेसको संगठनलाई सुदृढ र मजबुत बनाउन आफुले क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिन थालेको पौडेलले बताए ।  
२०४६ सालदेखि नेबिसंघ, तरुणदल हुँदै काङ्ग्रेस वार्ड सभापति भई काम गरेकाे अनुभबकाे आधारमा अहिले क्षेत्रीय सभापतिमा कामगर्ने चाहना हुँदा संगठनलाई एक ढिक्का बनाई लैजाने र आउदाे चुनावमा नेकालाई अत्यधिक बहुमतले बिजय बनाउने प्रतिज्ञा गर्दै याे निणय गरेकाे छ उनले बताए । 
साधा जीवन उच्च बिचारकाे जीवन शैली अपनाएका पौडेल सरल साथै सबैलाई सहयोग गर्ने सहयोगी स्वभावका छन् ।