अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको धरमपानीमा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको लागि डिजिटल (अनलाइन) परिचयपत्र वितरण शुरु भएको छ ।
अर्घाको धरमपानीमा आईतबारबाट सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको लागि डिजिटल (अनलाइन) परिचयपत्र वितरण शुरु भएको हो ।
सेवाग्राहीहरुलाई सन्धिखर्क नगरपालिका – १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुदालीले एक कार्यक्रम बीच परिचयपत्र वितरण शुरु गरेका थिए ।