अर्घाखाँचीडट्कम संवाददाता
नरपानी अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नरपानीको वन क्षेत्रबाट आईतबार अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने लु ३ त ६७८८ नं. को ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको ट्याक्टर र चालकलाई प्रहरीले आवश्यक कारबाहीको लागि सन्धिखर्क नगरपालिकाको कार्यालयमा पठाएको थियो ।
सन्धिखर्क नगरपालिकाले रु. १०,०००।-(रु.दश हजार) जरिवाना लिई छोडिदिएको छ ।