केशब राज ज्ञवाली
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीकोटका युवा ब्यवसायी नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा भिड्दै छन् ।
सन्धिखर्क ७ को वार्ड अधिवेशनमा निर्बिरोधक्षेत्रीय प्रतिनिधिमा निर्वाचित नेपाली दलित तर्फबाट काङ्ग्रेस जिल्ला समिती सदस्य पदमा भिड्ने तयारी गरेका हुन् ।
अर्घाखाँचीको खांचिकोटमा जन्मिएर बिद्युतलाइन बिस्तार सम्बन्धी ब्यबसाय गर्दै आएका दुर्गा युवा तथा प्रौढबिच लोकप्रिय रहेका छन् । विभिन्न सामाजिक कार्यमा पनि लागेका नेपालीको जित सुनिस्चित भएको बिस्लेशकहरु बताउछन् ।
आफू काङ्ग्रेसको जिल्ला समितिमा निर्वाचित भएर पार्टीमा दलित तथा पिछडिएका बर्गको सहभागिता बढाउन सक्रिय हुने प्रतिबद्दता जनाउदै आफुलाई जिताउन सबै प्रतिनिधिहरुमा अपिल गरेका छन् ।