मालारानी गाउँपालिकाभरका सबै विद्यालयहरू खुले, पठनपाठन शुरु


अर्घाखाँचीडट्कम संवाददाता 
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाभर बन्द गरिएका विद्यालयहरूमा भौतिक उपस्थिति गराई पठनपाठन शुरु भएको छ । 
मालारानी गाउँपालिकामा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका धेरै जसो विद्यालयहरूमा आज आईतबारदेखि भौतिक उपस्थिति गराई पठनपाठन शुरु भएको हो । मालारानी गाउँपालिकाका प्राय विद्यालयहरूले आगामी बुधवारबाट पठनपाठन शुरु गर्दै छन् ।   
यहाँका सबै विद्यालयहरूमा सुरक्षाका सबै मापदण्ड पालना गरी एक बेन्चमा २ जना राखेर पठनपाठन शुरु गरिएको छ ।
पाँच महिनापछि विद्यालयहरू जाँदा विधार्थीहरु उत्साहित देखिएका थिए ।  साथै विधार्थीहरुलाई दिदै आएको दिवाभोजलाई पनि निरन्तरता दिएको छ ।      
उता यसअघि पाणिनी गाउँपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका लगायतका स्थानिय तहका सबै विद्यालयहरू खुलेका छन् ।  
उता जिल्लाभर कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालयहरूमा भौतिक उपस्थिति गराई पठनपाठन शुरु गरेका छन् । 
वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दै आएका स्थानीय तहले संक्रमण घट्दै गएपछि विद्यालय खोल्ने तयारी थालिएको बताएका छन् ।
जिल्लाका सबै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले पनि स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गरेको बताएका छन् । 
उता जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएको छ । 
जिल्लामा दोस्रो पटक गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी गरिएको थियो ।