केशब राज ज्ञवाली
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीकोटका युवा नेता बिष्णु भुसालले नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्र नम्बर २ अधिवेशनमा प्रदेश प्रतिनिधि सदस्यमा उम्मेद्बारी दिने घोषणा गरेका छन् ।
खाँचीकोटको वार्ड अधिवेशनमा निर्बिरोधक्षेत्रीय प्रतिनिधिमा निर्वाचित भुसाल काङ्ग्रेसको लुम्बिनी प्रदेश अधिवेशन प्रतिनिधि पदमा भिड्ने तयारी गरेका हुन् ।
अर्घाखाँचीको खाँचीकोटमा जन्मिएर नेपाली काङ्ग्रेसको सक्रिय राजनिति गर्दै आएका भुसाल युवा तथा प्रौढबिच लोकप्रिय रहदै आएका छन् ।
काङ्ग्रेस अर्घाखाँचीको जिल्ला समितीमा रहेर काम गरिसकेका भुसाल प्रतिपक्ष बिच अडानका साथ सहभागिता जनाउने छवि भएका मानिन्छन् । विभिन्न सामाजिक कार्यमा पनि लागेका भुसालको जित सुनिस्चित भएको बिस्लेशकहरु बताउछन् ।
आफू निर्वाचित भएर पार्टिको सुढृढिकरण र बिस्तारमा सक्रिय हुने प्रतिबद्दता जनाउदै आफुलाई जिताउन सबै प्रतिनिधिहरुमा अपिल गरेका छन् ।