एमाले अर्घाखाँची-काठमाडौ सम्पर्क मन्चकाे पाणिनी गाउँपालिका स्तरिय प्रथम भेला सम्पन्न


 दिपक भुसाल
काठमाडौ (अर्घाखाँचीडट्कम) ।   नेकपा एमाले अर्घाखाँची काठमाडौ सम्पर्क मन्चकाे पाणिनी गाउँपालिका स्तरिय प्रथम भेला काठमाडौमा सम्पन्न भएको छ। 
काठमाडौकाे कालिमाटीमा रहेकाे कालिमाटी सेकुवा कर्नरकाे सभा हलमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि अर्घाखाँची काठमाडौ सम्पर्क मन्चका संयोजक  बिशाल मिश्र, बिशिष्ट  अतिथि लुम्बिनी अञ्चल सम्पर्क समन्वय कमिटिका सदस्य हरि नेपाली, बिशेष अतिथि मन्चका सचिवालय सदस्य शेषनारायण पोख्रेल, अतिथिहरु पुर्ब कोषाध्यक्ष कुलचन्द्र न्यौपाने, युवा संघ केन्द्रीय सदस्य रामप्रसाद पोख्रेल, मंचका सचिवालय सदस्य जयराम पोख्रेल, खिमानन्द घिमिरे कार्यालय टिमका सदस्यद्वय मणिराम अधिकारी, टेकराज पोख्रेल रहनु भएकाे थियाे । 
कार्यक्रमकाे अध्यक्षता  काठमाडौ पाणिनी सम्पर्क मन्चका अध्यक्ष  नरहरि घिमिरेले गर्नु भएकाे थियाे  ।  कार्यक्रमले पाणिनी काठमाडौ सम्पर्क मन्चकाे ३४ सदस्य कमिटीलाई पुर्णता दिएकाे छ । भने पाणिनी गाउँपालिकामा रहेका प्रत्येक वार्डका इन्चार्ज र संयोजक र सह _सम्योजक ताेक्दै  इन्चार्जको नेतृत्वमा ७/७ सदस्य सहित ५६ सदस्यीय कमिटी बनाइ पुर्णता दिने निर्णय गरेकाे छ ।
जसमा वार्ड न १ पणेनाबाट हरि प्रसाद पोख्रेल वार्ड न २ बाट श्रीधर गौतम,केशव पौडेल वार्ड न ३ बाट शुन्दर पराजुली, नारायण पोख्रेल वार्ड ४ पटौटी बाट झबिलाल घिमिरे वार्ड न ५ मैदान बाट मोहन घिमिरे ,मुकुन्द घिमिरे वार्ड न ६ बिष्णु पौडेल,कृष्ण बेल्बासे वार्ड न ७ बाट जीवन अधिकारी,मुक्ति अधिकारी, वार्ड न ८ बाट बिष्णु पोख्रेल, संकेत भट्टराईलाई तोक्ने निर्णय गरेकाे छ । 
कार्यक्रममा सम्बोधनको क्रममा मन्चका संयोजक प्रमुख अतिथि,बिशेष अतिथिले पाणिनी मा पार्टी र  संगठन सबै तह तप्का  चुनाैति लाइ चिर्दै फेरि पनि पाणिनी  मा नेकपा एमाले लाई पहिलाे पार्टि बनाउन सम्पुर्ण शक्ति केन्द्रीत गर्न र कहि कतै बाटाे बिराएर पार्टी भन्दा बाहिर रहेका सम्पूर्ण  सबै जुझारु कम्रेड हरुलाइ पनि पार्टिमा फर्केर पाणिनी  पार्टि र संगठनमा  काे काममा सक्रिय रुपमा लाग्न आवान  गर्नु भएकाे थियाे ।
कार्यक्रमको संचालन कमिटीका सह सचिब जीवन अधिकारीले गर्नु भएको थियो । यस्तै कार्यक्रममा विभिन्न वार्डबाट प्रतिनिधिहरुको उपस्थिति  रहेकाे थियाे ।  

अन्य समाचारहरु